• Home
  •  / 
  • Class 11 Nepali Notes
  •  / 
  • साथीलाई चिठी (चिठी)
  • साथीलाई चिठी (चिठी)

    Full exercise of साथीलाई चिठी (चिठी) | Class 11 Nepali Notes NEB | Summary | Guide


    साथीलाई चिठी (चिठी)

    शब्दभण्डार


    १. दिइएका अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् :

    क) मलेसियाको मुद्रा : रिङ्गेट
    ख) विदेश : परदेश
    ग) नागरिक नभएको अवस्था : अनागरिक
    घ) मर्न लागेकालाई बचाउने : मृतसञ्जीवनी
    ङ) सफा : कञ्चन
    च) उथलपुथल : उद्वेलित
    छ) कार्य गर्ने क्षमता भएको : सामर्थ्य
    ज) जन्मेको ठाउँ : जन्मथलो

    २. दिइएका शब्दहरुको अर्थ चिनेर जोडा मिलाउनु होस् :


    क) रहर : इच्छा , एक किसिमको दाल
    ख) काम : कम्प , कार्य
    ग) पत्र : चिठी , तह
    घ) कडी : सानो कडा वा मुन्द्रो , जुक्ती
    ङ) अन्तर : भिन्नता , भित्री हृदय

    ३. दिइएका अनेकार्थी शब्दहरुको एकभन्दा बढी अर्थ लेख्नुहोस् :


    मास : महिना , एक प्रकारको दाल ।

    खरी : एक प्रकारको रुख , लेख्न प्रयोग गरिने सेतो पत्थर , मादल तबला आदिमा लगाउने मसला ।

    ताल : पोखरी , चाल , बाजाको मात्रा , मौका ।

    खाग : गैँडाको नाकमाथिको मूल्यवान अङ्ग , अग्राख , जान्नेसुन्ने ।

    फेरी : हरिणको सिङको बाजा , प्रदक्षिणा ।

    साँचो : सत्य , ताल्चा खोल्ने साधन ।

    कछाड : छोटो धोती , पहाडको तल्लो भाग ।

    अर्थ : मतलब , प्रयोजन , धन ।

    चरण : तह , पाउ , श्लोकको एक पङ्क्ति ।

    काल : समय , मृत्यु ।

    ४. दिइएका पदावलीलाई अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस् :


    कहाली लाग्नु

    मलाई बुढापाखाको कहानी सुन्दा कहाली लाग्छ ।

    टपाटप टिप्नु

    तिहारलाई राखेको फूल भाइले टपाटप टिपेछ ।

    महिना मर्नु

    बुबाले महिना मरेपछि मोबाईल किनिदिन्छु भन्नुभयो ।

    रोइकराइ गर्नु

    रामले रोइकराइ गरेर घुम्न जान्छु भनी बुबालाई फकायो ।

    वितृष्णा पलाउनु

    सीतालाई सधै घरमा झैझगडा सुन्न परेपछि पढ्न पनि वितृष्णा पलाउन थाल्यो ।

    हातमुख जोड्नु

    धेरै नेपालीहरुलाई हातमुख जोड्नको समस्याले विदेशीनु परेको छ ।

    उजुरी गर्नु

    सीतामाथि हातपात भएपछि रामुकाकाले प्रहरीमा उजुरी गर्नुभयो ।

    श्रम स्वीकृति लिनु

    वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिन आवश्यक छ ।

    अवैधानिक

    गाँजाको व्यापार गर्नु अवैधानिक काम हो ।

    बदला लिनु

    हरिको साथीसँग झगडा भएपछि बदला लिनलाई मौक किरेर बसेको छ ।

    सहारा बन्नु

    हामी सबै बुढेसकालमा आमाबुबाको सहारा बन्नु पर्छ ।


    Download our Android app by clicking the image below for offline access to notes directly from your phone.


    Class 12 Nepali Notes

    बोध र अभिव्यक्ति


    १. पाठ पढी दिइएका प्रश्नहरुको उत्तर दिनुहोस् :


    क) चिठीमा कतिवटा अनुच्छेद रहेका छन् ?

    चिठीमा सातवटा अनुच्छेद रहेका छन् ।

    ख) चिठीको आदि , मध्य र अन्त्य भागमा कस्ता विषयवस्तु छन् ?

    चिठीको आदि भागमा वैदेशिक रोजगारी प्रतिको मोह देखाइएको छ भने मध्य भागमा वैदेशिक रोजगारीले दिएको क्षणिक सुखको अनुभव सुनाइनुका साथै अन्त्य भागमा स्वदेश प्रतिको मोह देखाइएको छ ।

    ग) पुर्णविक्रमले सुरुका दुईतीन वर्ष विदेशमा कसरी बिताए ?

    पुर्णविक्रमले सुरुका दुईतीन वर्ष विदेशमा मोजमस्तीमा र रमाइलो गर्दै बिताए ।

    घ) पुर्णविक्रम कस्तो सपना बोकेर विदेश गएका थिए ?

    पुर्णविक्रम परदेशमा रहेको सुनको बोटबाट टपाटप पैसा टिपेर चाँडै धनी भइन्छ भन्ने सपना बोकेर विदेश गएका थिए ।

    ङ) चिठीमा के कस्ता अङ्गहरु हुन्छन् , लेख्नुहोस् ।

    चिठीमा मिति , ठेगाना, सम्बोधन , शिस्टाचार, विवरण, समापन र खामको नमुना जस्ता अङ्गहरु हुन्छन् ।

    २. `दिनहरु ........हुने छु ´, चिठीको अंश पढी खाली ठाउँमा छुटेका शब्द भर्नुहोस् :


    क) दुई महिनापछि काममा फर्कंदा कम्पनीले पनि राखेन ।

    ख) त्यति वेला मात्र मलाई थाहा भयो, देश र परदेशको अन्तर ! नागरिक हुनु र अनागरिक हुनुको अन्तर !

    ग) जीवनप्रति वितृष्णा पलाइरहेको थियो ।

    घ) छिट्टै नेपाल फर्केर आफ्नै माटोमा परिश्रम गरी जीवन निर्वाह गर्ने विचारमा छु ।

    ङ) अवको तीन महिनाभित्र म आफ्नो जन्मथलो, आफ्ना आमाबुबाको काख र प्रियजनहरुको माझमा हुने छु ।

    ३. `अहिले म सम्झन्छु .........सार्थक बनाउँछु´ चिठीको अंश पढी दिइएका प्रश्नहरुको उत्तर लेख्नुहोस् :


    क) नेपालको जलराशिमा कस्तो सामर्थ्य रहेको छ ?

    नेपालको जलराशिमा संसारकै मानिसहरुको प्यास मेटाउने सक्ने सामर्थ्य रहेको छ ।

    ख) हाम्रो देशको विकासले गति लिन नसक्नुको कारण के हो ?

    देशका जनताको दृढ इच्छाशक्ति र इमानदार प्रयत्न नभएकाले हाम्रो देशको विकासले गति लिन नसकेको हो ।

    ग) परदेशमा सिकेको सिपले कसरी देश विकास गर्न सकिन्छ ?

    परदेशमा सिकेको सिप आफ्नै देशमा प्रयोग गर्नुको साथै आरुलाई समेत सिकाई सोरोजगारको वातावारण सिर्जना गरेर देश विकास गर्न सकिन्छ ।

    घ) देश विकासको मूल मन्त्र के रहेछ ?

    देश विकासको मूल मन्त्र हरेक जनताले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ रहेछ ।

    ङ) म पात्र किन घर फर्कन चाहेको हो ?

    वैदेशिक रोजगार प्रति वितृष्णा भएर म पात्र घर फर्कन चाहेको हो ।

    ४. दिइएको चिठीको अंश पढी प्रश्नहरुको उत्तर दिनुहोस् :


    क) म पात्रले गरेका सही र गलत निर्णय के के थिए ?

    म पात्रले गरेको सही निर्णय वैदेशिक रोजगारी छोडेर आफ्नो गाउँ, परिवार, देश सम्झेर फर्किनु हो । पैसा कमाउने आशामा विदेशिनु , विदेशिएपछि घरपरिवारलाई बिर्सनु , पैसा वचत नगर्नु जस्ता म पात्रका गलत निर्णयहरु थिए ।

    ख) म पात्रको घर फर्कने निर्णयप्रति तपाईंको धारणा लेख्नुहोस् ।

    म पात्रले आदर्शको मार्गलाई अङ्गाली घर फर्कने निर्णय गर्नु समसामयिक परिवेशमा विदेशिन हतार गर्ने, युवाहरुलाई समेत आफ्नो गाउँठाउँ आफैले बनाउनुपर्छ भन्ने देशभक्ति भावना जागृत गराएको पाइन्छ ।

    ५. पुर्णविक्रमको ठाउँमा तपाईं हुनु भएको भए के गर्नुहुन्थ्यो , आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।

    यदि पुर्णविक्रमको ठाउँमा म भएको भए , पैसा कमाउने लोभमा परेर आफ्नो स्वर्गभन्दा प्यारो देश र देवतासमान आमाबुबालाई छाडेर पुर्णविक्रम जस्तो म विदेश जाने थिएन । आफ्नो पढाई सकेर आफ्नै देशको सेवा गर्थे । यदि वैदेशिक रोजगारीमा जानै पर्ने बाध्यता आइपरेको भएपनि केही समय गएर पैसा कमाएर ल्याई आफ्नै देशमा स्वरोगार बनेर केही गर्थे । विदेशमा जाने रहर भएका अरु युवाहरुलाई पनि सम्झाइबुझाइ गरेर देश विकासमा हात जुटाउन आग्रह गर्थे । विदेशमा गएर हेला पाउनु भन्दा स्वदेशमै बसेर देशको लागि केही असल काम गर्थे । विदेशमा गएर सिकेका सिपहरूलाई पनि स्वदेशमा आएर सिपको सदुप्रयोग गर्थे ।

    ६. तपाई सुरज हुनुभएको भए चिठीको प्रतिउत्तर कसरी दिनुहुन्थियो लेखनुहोस् :

    मिति: २०७७-०१-२६
    पोखरा, गण्डकी प्रदेश
    नेपाल ।

    प्रिय मित्र पूर्णविक्रम,
    धेरै धेरै माया अनि मिठो सम्जाना !

    म यहाँ कुशल छु । तपाई पनि कुशलमंगल नै हुनुहुनछ भन्ने आशा राख्दछु । हजुरले पठाएको पत्र गत महिना पाए । पत्र पढिसकेपछि म हर्सले गद्गद् भए ।

    केहि समय बाटो बिराएको मेरो मित्रको आखाँ खुलेछ र भ्रमको पर्दा हटेछ । तपाईंले आफूले विदेशमा सिकेका सिपलाई यहाँ आएर प्रयोग गर्छु भन्नुभएको कुरा सारै मन पन्यो । तपाईं यहां आउनुहोस् मैले सक्ने आर्थिक सहयोग म गर्नेछु । यहांका युवाशक्तिलाई विदेश जान ठिक रहेनछ भन्ने सन्देश दिनुभयो भने हाम्रो गाउँ छिट्टै विकास हुनेछ । यहाका युवापुस्तालाई केही सिप सिकाएर रोजगार दिने नया उपायहरू खोजौला । यहाँ तपाई आउने कुरामा सबै गाउँले खुसी भएका छन् । तपाईं कहिले आउनुहुन्छ र भेट होला भन्ने आशाले म विचलित भएको छु ।

    ढिलै भए पनि मैले सम्भाएका कुरा तपाईले मनन गर्नु भएछ साह्रै खुसी लागेको छ । स्वदेश र विदेशको अन्तर पनि राम्रैसँग बोध गर्नु भएछ । विदेशमा गएर साह्रै दुःख पनि पाउनु भएछ, जुन कुरा सुन्दा अति नरमाइलो लाग्यो । हजुरको घर फकने निर्णय सुन्दा अत्यन्तै खुसी लागेको छ । हजुरको यो निर्णय अत्यन्त स्वागतयोग्य छ । अब स्वदेश फर्किन कति पनि ढिलो नगर्नुहोला । चिठी पनि लेख्दा लेख्दै धेरै लामो भएछ, अरू कुरा भेटमा गरौंला आजलाई यतिमै कलम बन्द गर्छु ।

    उही तिम्रो साथी,
    सुरज नेपाल



    ७. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :


    क) मूल्याङ्कन भनेको के हो ?

    मूल्याङ्कन भनेको शैक्षिक उद्देश्यहरु कुन हदसम्म प्राप्त गर्न सकियो भनी किटान गर्ने प्रक्रिया भएकाले यो शिक्षण सिकाइको अभिन्न अङ्ग हो ।

    ख) निर्माणात्मक र निर्णयात्मक मुल्याङ्कन बिच के फरक छ?

    निर्माणात्मक मूल्याङ्कन कार्यक्रम सञ्चालन सँगसँगै औपचारिक र अनौपचारिक रुपमा जुनसुकै समयमा मूल्याङ्कन गरी पृष्ठपोषण दिन मिल्छ भने निर्णयात्मक मूल्याङ्कन शिक्षण सिकाइ कार्यक्रमको अन्त्यमा विद्यार्थीको उपलब्धि वा स्तर निर्धारण गरी प्रमाणपत्र प्रदान गरिन्छ । येही नै निर्माणात्मक र निर्णयात्मक मुल्याङ्कन बिच के फरक छ ।

    ग) प्रमाणपत्र दिने परीक्षा किन आवश्यक छ ?

    प्रमाणपत्र दिने परीक्षा शैक्षिक उद्देश्यबमोजिम विद्यार्थीले उपलब्धि हासिल गर्न सके वा नसकेको निर्णय लिई स्तर निर्धारण गरेर प्रमाणपत्र प्रदान दिन आवश्यक छ ।

    घ) `पाठ्यक्रम ´र `पृष्ठपोषण´ को अर्थ लेख्नुहोस् ।

    पाठ्यक्रम : शिक्षण सिकाइको पूर्ण योजनाको दस्तावेज
    पृष्ठपोषण : कुनै काम कुरामा पछाडि बसेर सहायता पुर्‍याउने काम

    ८. गाउँको विकासका लागि पर्यावोरणमैत्री सडक आवसेक छ भन्ने खुलाउदै साथीलाई चिठी लेख्नुहोस् ।

    मिति: २०७७-०१-२६
    पोखरा, गण्डकी प्रदेश
    नेपाल ।

    प्रिय साथी अभिवादन !
    जीवनमा धेरै सम्झना छ ।

    म यहाँ सन्चै छु । तिमी लगायत तिम्रो सम्पूर्ण परिवार पनि त्यहाँ सन्चै छ भन्ने कामना गर्दछु । तिमीले पठाएको चिठी मैले हिजो मात्र प्राप्त गरेँ । पत्रमार्फतु तिमीले गाउँको विकासका लागि पर्यावरणमैत्री सडक कति आवश्यक छ भन्ने कुरा जान्न चाहेका रहेछी पत्र पढ्दा खुसी लाग्यो । आझ यो पत्र तेही सिलसिलामा लेख्दै छु ।

    सम्पूर्ण जैविक र अजैविक वस्तुहरूको सामूहिक अन्तरसम्बन्ध नै वातावरण हो । पर्यावरणले ब्रह्माण्डमा रहेका सम्पूर्ण मानिस जीव, निजीव वस्तुहरू पशुपक्षी, रुख विरुवा, माटो, पानी, पहाड भूमि आदिलाई सन्तुलनमा राख्छ । हर अभिषेक हामीले विकासको नाममा कहिलयै वातावरणलाई प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने कार्य गर्नुहुदैन । गाउँको विकास गर्ने नाममा हामीले कहिल्यै रुखविरुवा काट्नु हुँदैन । यदि काट्नै परे पनि सडक वरपर विरुवा रोपिहाल्नुपर्दछ । हामीले बाटो नजिक ठूलाठूला फ्याक्ट्री, मिल खोल्न दिनु हुँदैन । हामीले निर्माण गरेका बाटाहरू धूलो मैलो हुनु हुँदैन । बाटोको धूलोले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्दछ ।

    त्यसैले समाज विकास गर्ने क्रममा पर्यावरणमैत्री ढङ्गले विकास गर्न आवश्यक छ । पर्यावरण जोगाउँदै विकास गर्नु अपरिहार्य छ । आजलाई यति नै बाँकी अर्को पत्रमा लेखौला । पत्र पाएपछि पर्यावरण जोगाउँदै कसरी विकास गर्न सकिन्छ ? तिमीलले जानेका उपाय बताउँदै जवाफ फर्काउँछौ भन्ने आशा गर्दछु ।

    तिम्री प्यारी साथी
    सुनबी पोखरेल



    ९. दिइएको अभिनन्दन पत्र पढ्नुहोस् र साहित्यका क्षेत्रमा योगदान गरेका कुनै एक व्यक्तिलाई प्रधान गरिने अभिनन्दन पत्रको नमुना तयार पार्नुहोस् :

    अभिनन्दन पत्र

    श्री राम चरण ज्यू,

    तपाईंले नेपाली साहित्यको अध्ययन, अनुसन्धान तथा अन्वेषणको क्षेत्रमा प्रेरणादायी र उत्प्रेरक भूमिका खेल्दै आइरहनु भएको छ । नेपाली साहित्यका कविता, नाटक, निबन्ध, कथा र उपन्यासका माध्यमबाट तपाईले दिनुभएको योगदानको कदर गर्दै यो अभिनन्दन पत्र प्रदान गरिएको छ । तपाईंको उर्जाशील जीवनयात्रा, साहित्य क्षेत्रमा सक्रियता र अनवरत साधना सबैको लागि प्रेरणादायी बनोस् । तपाइँको यही अद्वितीय, अनुपम र अव्यक्त दीर्घ साधनाप्रति नतमस्तक हुँदै र सुस्वास्थ्य, सक्रिय दीर्घजीवनका लागि हार्दिक शुभकामना ब्यक्त गर्दै तपाइँको हार्दिक सम्मानका साथ यो अभिनन्दन पत्र प्रदान गर्दछौं ।

    साहित्य समाज, नेपाल



    १०. सामाजिक क्षेत्रमा योगदान पुर्याउने कुनै एक व्यक्तित्वको योगदानको कदर गर्दै प्रदान गरिने सम्मान पत्रको नमुना तयार पार्नुहोस् :

    सम्मान पत्र

    श्री राम चरण ज्यू,

    तपाईले यस भक्तपुर नगरको सामाजिक क्षेत्रमा आइपर्ने हरेक प्रकारका समस्याहरूको समाधानका लागि प्रेरणादायी र उत्प्रेरक भूमिका खेल्दै आइरहनु भएको छ । सहयोगी, मिलनसार र भक्तपुर नगरकै अभिभावकका रूपमा तपाईंले दिनुभएको योगदानको कदर गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ । तपाईंको उर्जाशील जीवनयात्रा, सामाजिक क्षेत्रमा सक्रियता र प्रेरण व्यक्तित्व सबैका लागि प्रेरणादायी बनोस् ।

    मध्यपुर ठिमी नगरपालिका, भक्तपुर

    व्याकरण


    १. दिइएको अनुच्छेद पढी कुन कुन लेख्य चिह्न प्रयोग भएका छन् , पहिचान गर्नुहोस् :

    उद्धरण चिह्न
    अर्धविराम चिह्न
    विस्मयसूचक चिह्न
    अल्पविराम चिह्न
    प्रश्नचिह्न

    २. दिइएका वाक्यहरुमा आवश्यक ठाउँमा आवश्यक चिह्न प्रयोग गर्नुहोस् ।


    क) मैले घर बाटो फूल मान्छे र गाडीहरुको चित्र बनाएको छु ।

    मैले घर, बाटो, फूल, मान्छे र गाडीहरुको चित्र बनाएको छु ।

    ख) तिमी यहाँ बस चकचक नगर

    तिमी यहाँ बस , चकचक नगर ।

    ग) हामीले सुखदुःख रातदिन जीवनमरण जस्ता आइरहने गइरहने कुरा हुन् भन्ने बुझ्नुपर्छ ।

    हामीले सुख-दुःख , रात-दिन , जीवन-मरणजस्ता आइरहने-गइरहने कुरा हुन् भन्ने बुझ्नुपर्छ ।

    घ) तिमी र उसले के काम गर्‍यौ ।

    तिमी र उसले के काम गर्‍यौ ?

    ङ) अहा कति सुन्दर जीवन

    अहा! कति सुन्दर जीवन ।

    च) अग्लो होचो टाढा नजिक वर पर आदि विपरीतार्थी शब्द हुन्

    अग्लो - होचो , टाढा - नजिक , वर - पर आदि विपरीतार्थी शब्द हुन् ।

    छ) म तुरुन्तै फर्किहाल्छु उसले भन्यो

    " म तुरुन्तै फर्किहाल्छु " उसले भन्यो ।

    ज) मेरो देशको नाम हो नेपाल

    मेरो देशको नाम हो - नेपाल ।

    झ) क्रियाहरुलाई कर्मप्रदानताका आधारमा दुई किसिममा बाँड्न सकिन्छ :
    क) सकर्मक ख) अकर्मक

    क्रियाहरुलाई कर्मप्रधानताका आधारमा दुई किसिममा बाँड्न सकिन्छ :-
    क) सकर्मक ख) अकर्मक

    ञ) उक्ति कथन दुई किसिमका हुन्छन् प्रत्यक्ष र अप्रत्यक्ष कथन

    उक्ति कथन दुई किसिमका हुन्छन् - `प्रत्यक्ष र अप्रत्यक्ष कथन ।´

    ट) ले बाट द्वारा प्रथम विभक्ति हुन सक्छन्

    ले , बाट , द्वारा प्रथम विभक्ति हुन सक्छन् ।

    ठ) मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन यो सुक्ति देवकोटाको हो

    "मानिस ठुलो दिलले हुन्छ , जातले हुँदैन ।" यो सुक्ति देवकोटाको हो ।

    ड) हरि तिमी के गर्दै छौ

    हरि! तिमी के गर्दै छौ ?

    ३. उचित लेख्य चिह्नहरु प्रयोग गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

    ओहो! भोलि त परीक्षाफल प्रकाशित हुने दिन । मेरो जिपिए कति आउने होला ? व्यर्थै परीक्षा आउने बेलामा पनि फुटबल खेल्ने भइटोपलेको । बुबाले त सम्झाउँदै हुनुहुन्थ्यो ," पढाइ पहिलो कुरा अनिमात्र अरु कुरा आउँछन् " भनेर तर त्यतिबेला वास्ता गरिएन । राम, हरि, गोपाल र शिवले कर गरेपछि खेल्नै पर्यो । न त फुटबल नै जितियो न त पढाइमा नै ध्यान दिन सकियो तर के नै बिगारेको छु र । ( कोल्टे फेर्दै ) धत! अब चिन्ता गरेर के फाइदा र । " निर्णय गर्न गल्ती गरे पछुताउनु पर्छ" गुरुले भन्नुभएको थियो । त्यस्तै भएजस्तो छ, खैर जे भयो भयो । अब चाहिँ यस्तो नगर्नुपर्ला । ( बत्ती निभाउँछ र सुत्छ )

    ४. दिइएका चिह्नहरु प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् :

    ओहो! भोलि त परीक्षाफल प्रकाशित हुने दिन । मेरो जिपिए कति आउने होला ? व्यर्थै परीक्षा आउने बेलामा पनि फुटबल खेल्ने भइटोपलेको । बुबाले त सम्झाउँदै हुनुहुन्थ्यो ," पढाइ पहिलो कुरा अनिमात्र अरु कुरा आउँछन् " भनेर तर त्यतिबेला वास्ता गरिएन । राम, हरि, गोपाल र शिवले कर गरेपछि खेल्नै पर्यो । न त फुटबल नै जितियो न त पढाइमा नै ध्यान दिन सकियो तर के नै बिगारेको छु र । ( कोल्टे फेर्दै ) धत! अब चिन्ता गरेर के फाइदा र । " निर्णय गर्न गल्ती गरे पछुताउनु पर्छ" गुरुले भन्नुभएको थियो । त्यस्तै भएजस्तो छ, खैर जे भयो भयो । अब चाहिँ यस्तो नगर्नुपर्ला । ( बत्ती निभाउँछ र सुत्छ )